रुपन्देहीमा निषेधाज्ञा भदौ १४ गतेसम्म थपिने

कोरोना संक्रमण बढेपछि रुपन्देहीमा आइतबार राति (आज) सम्म जारी रहेको निषेधाज्ञा भदौ १४ गतेसम्म थपिने भएको छ ।

जिल्लास्तरीय कोभिड–१९ नियन्त्रण तथा रोकथाम केन्द्रको आइतबार बसेको बैठकले कोरोना रोकथाम र नियन्त्रणको लागि भदौ १४ गते राति १२ बजेसम्म लकडाउन गर्ने निर्णय गरिएको रुपन्देहीका प्रमुख जिल्ला अधिकारी महादेव पन्थले बताए ।

यसअघि सिद्धार्थनगर नगरपालिकाले पनि भदौ १४ गतेसम्म निषेधाज्ञा लम्ब्याउन प्रमुख जिल्ला अधिकारीलाई सिफारिस गरेको थियो । रुपन्देहीमा शुक्रबार रातिसम्मको तथ्यांक अनुसार कोरोना संक्रमितको संख्या ६ सय १५ पुगेको छ ।

लकडाउनको समयमा अत्यावश्यक सेवाका सवारीसाधन बाहेक अन्य सवारी साधनलाई प्रतिबन्ध लगाइएको छ । पसल खोल्न तथा हिँडडुल गर्न निषेध गरिएको छ ।

प्रकाशित मिति: : 2020-08-23 16:03:09

प्रतिकृया दिनुहोस्