दाउदसँग पाकिस्तानको १४ पासपोर्ट

एजेन्सी

इस्लामाबाद

 अन्डरवल्र्ड डन दाउद इब्राहिमसँग पाकिस्तानको १४ वटा पासपोर्ट भएको जानकारी पाकिस्तान सरकारले दिएको छ।

गत शनिबार पाकिस्तानले ८८ आतंकवादीहरूको सूचि सार्वजनिक गर्ने क्रममा यसको जानकारी दिएको हो।

सरकारद्धारा सार्वजनिक सूचिमा दाउदसँग कराचीमा तीनवटा घर भएको बताइएको छ।

सन् १९९३ मा भारतको मुम्बई शहरमा बम बिस्फोट गराएपछि दाउद चर्चामा आएका थिए।

यो बिस्फोटमा २ सय ५७ जनाको ज्यान गएको थियो।

जसमा १४ सय बढी मानिस घाइते भएका थिए। उनीविरूद्ध भारत सरकारले छानवीन कडा बनाएपछि भागेर पाकिस्तान गएका थिए।

उनले युनाईटेड अरब इमिरेट्स (युएई) को दुबईबाट आफ्नो व्यापार सञ्चालन गरेको भनाई पनि बेलाबेलामा आउने गरेको छ।

कराचीमा साउदी मस्जिद नजिकै सेतो ठूलो घर, डिफेन्स हाउजिङ अथोरिटीको ३०औं स्ट्रिटमा अवस्थित ३७ नम्बरको घर उनको भएको बताइएको छ।

यस्तै, कराचीको नुरबाद हिल क्षेत्रमा उनको नाममा पलटियाल बंगला भएको पनि सरकारले जानकारी दिएको छ।

पाकिस्तानले २७ वर्षपछि दाउदको विषयमा यो जानकारी दिएको हो।

प्रकाशित मिति: : 2020-08-24 08:23:42

प्रतिकृया दिनुहोस्