पदाधिकारी नहुँदा विश्वविद्यालयसभा अन्योलमा

 कृषि तथा वन विज्ञान विश्वविद्यालय रामपुर पदाधिकारीविहीन हुँदा विश्वविद्यालयसभा अन्याेलमा  परेको छ। गत आर्थिक वर्षको खर्च अनुमोदन र आउँदो वर्षको वजेट स्वीकृत सभाबाट गर्नुपर्दछ। विश्वविद्यालय उपकुलपतिविहीन भएको एक वर्ष पूरा भइसकेको छ भने रजिस्टार, सेवा आयोगका अध्यक्ष, डिन र निर्देशक रिक्त छन्। रजिस्टार र सेवा आयोगका अध्यक्षाहेकका पद कायममुकायमका भरमा चलेको छ। गत वर्ष भदौ ७ गतेदेखि उपकुलपति नियुक्त नभएसम्मका लागि दैनिक कामकाजको जिम्मेवारी पाउनुभएका डा. शारदा थपलियाका अनुसार सभाको सदस्य सचिव रजिस्टार नै नभएका कारण विश्वविद्यालयसभा हुन नसकेको हो। 

विश्वविद्यालय स्थापनायता ढिलोमा यही भदौ  पहिलो साताभित्र क्याम्पस सभा हँुदै आएकामा यस वर्ष भने अन्याेलमा परेको उनले बताए। सभा नहुँदा पूँजीगत खर्चका काम रोकिने भएको छ। तलब भने पेश्की बजेट दिएर खुवाउन सकिने उनले जानकारी दिए। गत आर्थिक वर्षमा विश्वविद्यालयलाई  रू ६९ करोड बजेट निकासा भएको थियो। तीमध्ये  रू ५० करोड हाराहारी सञ्चालन खर्च हुने डा थपलियाको भनाइ छ। विश्वविद्यालयले चालु आर्थिक वर्षका लागि भौतिक संरचनासमेत निर्माण गर्नुपर्ने भएकाले रू तीन अर्ब माग गरेको थियो। पूर्ण जिम्मेवारीसहित आफूले काम गर्न नपाएको र अन्य पदाधिकारी रिक्त रहेकाले विश्वविद्यालयका महत्वपूर्ण काम रोकिएको उनले बताए। 

रजिस्टार गएको माघ १२ गतेदेखि र दुई सङ्कायका डीन गत जेठ १ गतेदेखि खाली छ। सेवा आयोया अध्यक्ष गत साउन ५ गतेदेखि रिक्त छ। निर्देशकमध्ये जना खाली छ। बाँकी रहेका वन सङ्कायका डीन र निर्देशकको कार्यकाल अाउँदा पुसमा सकिँदै छ। उपकुलपति नियुक्त भएमा चार वर्ष कार्ययोजना बनाएर काम गर्न सक्ने छ।  विश्वविद्यालयले दीर्घकालीन महत्व राख्ने विभिन्न काम गर्नुपर्ने भए पनि गत आर्थिक वर्ष यतिकै गुजारेको छ। चालु आर्थिक वर्ष पनि अन्याेलमा परेको छ। विश्वविद्यालयको दैनिक गतिविधि सञ्चालन भएको भए पनि अन्य काम हुन सकेका छैनन्। विसं. २०६७ असारमा सरकारले कृषि शिक्षाको अध्ययन, अनुसन्धान र प्रसारलाई एकीकृत रुपमा अघि बढाउन विद्यालय स्थापना गरेको हो।
 

प्रकाशित मिति: : 2020-08-24 14:23:03

प्रतिकृया दिनुहोस्