डिस मिडिया नेटवर्कको डिसहोम क्रेडिट सर्भिस अब १० दिनसम्म पाइने

ग्राहकहरुको लागि उत्कृष्ट सेवाहरु प्रवाह गर्न डिस मिडिया नेटवर्क लिमिटेडले आफ्ना ग्राहकहरुलाई सधै थप सेवा प्रदान गर्दै आएको छ ।

यस अन्तर्गत डिसहोमले आफ्ना ग्राहकहरुलाई सदस्यता शुल्क समाप्त भइसके पछि पनि ५ दिन सम्म थप म्याद दिदै आएकोमा अब उक्त सेवाको म्याद थप गरि १० दिन पु¥याएको छ ।

यो सेवाका साथ ग्राहकहरुले एकपटक किनेको नियमित सेवाको अवधि समाप्त भएपछि थप १० दिनको क्रेडिट सेवा प्राप्त गर्न सक्नेछन् । यसरी नियमित सेवाको अवधि समाप्त भएपछि थप गरिएको क्रेडिट अवधि ग्राहकहरुले आफ्नो सेवा नवीकरण गर्दा सोही नवीकरण अवधिमा मिलान गरिनेछ ।

यो प्रक्रिया झन्झटरहित स्वचालित सेल्फ–सर्भिस मोडल प्रणालीमार्फत् संचालित हुनेछ र यो सेवा सुविधा प्राप्त गर्नका लागि ग्राहकले कुनै प्रकारका अतिरिक्त व्ययभार व्यहोर्नु पर्ने छैन ।

डिसहोम क्रेडिट सर्भिस खुलाउनको लागि मोबाइलको मेसेज बक्समा गई क्रेडिट कस्टम्बर आइडि टाईप गरि उक्त मेसेजलाई ३२५०० मा पठाउनुहोस् ।

१० दिनको क्रेडिट प्राप्त भएको जानकारी तपाइँलाई मोबाइलमा प्रप्त हुनेछ साथै मिस्कलबाट क्रेडिट सेवा लिन ९८०१११२२३३ मा मिस्कल दिएर पनि थप १० दिनका लागि टिभी सिग्नल खुलाउन सकिनेछ ।

यो सर्भिस सुचारु गर्नुको उद्देश्य ग्राहकहरुलाई व्यवधान रहित सेवा उपलब्ध गराउनु हो । यो सेवा ग्राहकहरुले आफ्नो सेवा रिचार्ज गर्नलाई ग्रेस(सुविधा) अवधिको रुपमा उपलब्ध गराइनेछ । यस प्रकारको सेवाबाट विशेष गरेर ग्रामीण भेगका ग्राहकहरु, जहाँ तत्काल रिचार्ज गर्न समस्याहुन सक्छ, उनीहरु वास्तविक रुपमा लाभान्वीत हुनेछन् ।

यो सेवाको कारण अचानक सेवा टुट्न गएको अवस्थामा तत्काल सेवा नवीकरण सुविधा उपलब्ध हुने हुँदा ग्राहकहरुको टेलिभिजन हेर्ने अनुभवलाई थप विस्तार गर्न सहयोग पुग्ने अपेक्षा गरिएको छ ।

डिसहोम क्रेडिट सर्भिस सेल्फ–सर्भिस मोडल सेवा हो जुन ग्राहकहरुको सुगमता अनुरुप डिसहोम ग्राहक सेवा केन्द्र मार्फत् वा डिसहोम मोबाइलएपमा दर्ता भएर, मोबाइल एसएमएस मार्फत् सुचारु गर्न सकिन्छ ।

डिसहोम नेपालको सबैभन्दा ठूलो डिटिएच सेवा प्रदायक संस्थाहो । देशभर छरिएको बृहत्तर सर्भिस सञ्जालका साथ डिसहोमले विगत १० वर्षभन्दा अघिदेखि २० लाखभन्दा धेरै ग्राहकहरु माझ आफ्नो विश्वस्तरीय सेवाप्रदानगर्दै आइरहेको छ ।

प्रकाशित मिति: : 2020-08-24 19:04:05

प्रतिकृया दिनुहोस्