टाेलिमा परेको पाँच घण्टापछि निकालिए ह्यारी मागुइरी, यस्ताे बन्याे इंग्ल्याण्डको टिम

प्रशिक्षक ग्यारेथ साउथगेटले म्यानचेस्टर सिटीका कप्तान ह्यारी मागुइरीलाई इंग्ल्याण्डको टिमबाट बाहिर राखेका छन्।

२७ वर्षका डिफेन्डर मागुइरीलाई प्रशिक्षक साउथगेटले मंगलबार सुरुमा राष्ट्रिय टिममा राखेका थिए।

ग्रीसको टापुमा ग्रिक आइल्याण्ड सिरोसमा प्रहरीसँगको तनावका कारण केही उनी केही दिन जेलमा परेका थिए। उनलाई साे मुद्धामा दोषी करार गरिएकाे छ। उनलाई ग्रीसको अदालतले २१ महिना जेल सजाय सुनाइएको छ। 

सुनुवाईपछि उनी आक्रोशित आक्रमण, गिरफ्तारीको विरोध तथा बारम्बार घुसघोरीको प्रयासमा दोषी ठहर भएर निलम्बित जेल सजाय दिइयो। यो जेल सजाय तीन वर्षका लागि निलम्बित छ।

मागुइरीलाई टिमबाट निकाल्नु सबैको हितमा रहेको साउथगेटले बताएका छन्। साउथगेटले मागुइरीलाई टिममा राखेको पाँच घण्टापछि निर्णय परिवर्तन गरेका हुन्। मागुइरीले फैसलाविरुद्ध अपिल गर्ने बताएका छन्। उनले आफू निर्दोष रहेको बताउँदै आएका छन्।

इंग्ल्यान्डको टोली घोषणा 

प्रशिक्षक साउथगेटले ३ नयाँ खेलाडी समेट्दै नेसन्स लिगको लागि २४ सदस्यीय टोलीको घोषणा गरेका छन्।

प्रशिक्षक साउथगेटले उसेन बोल्टको ३४औं जन्मदिनको पार्टीमा गएका इंग्लिस क्लब म्यानचेस्टर सिटीका रहिम स्ट्रलिङलाई पनि टोलीमा समेटेका छन्। बोल्टलाई मंगलबार मात्र कोरोना संक्रमण पुष्टि भएको थियो। स्टर्लिङको भने कोरोना परिक्षण गर्दा रिपोर्ट नेगेटिभ आइसकेको छ।

इंग्ल्यान्डले सेप्टेम्बरमा आइसल्यान्ड र डेनर्माकसँग प्रतिस्पर्धा गर्दैछ। प्रशिक्षक साउथगेटले फिल फोडेन, मेसन ग्रीनवुड र काल्भिन फिलिप्सलाई पहिलो पटक टोलीमा समावेश गरेका छन्। 

यस्तै लिड्स युनाइटेडलाई शीर्ष डिभिजनमा बढुवा गर्न महत्वपुर्ण भुमिका निभाएका काल्भिन फिलिप्सले पनि टोलीमा स्थान बनाएका छन्। यो सिजन प्रिमियर लिगमा गोल्डेन बुट जितेका जेमी भार्डी, लिभरपुलका जोर्डन हेन्डरसन, एलेक्स अक्सलेड चेम्वरलेन र जेम्स म्याडिसनले भने टोलीमा स्थान बनाउन सफल भएनन्।

यस्ताे छ पूर्ण टोली :

गोलरक्षक : डिन हेन्डरसन, जोर्डन पिकफोर्ड, निक पोप

डिफेन्डर : ट्रेन्ट एलेक्सएन्डर आर्नाेल्ड, एरिक डाएर, जो गोमेज, माइकल किन, टाइरन मिङ्स, काइरान ट्रिपिएर, काइल वाल्कर

मिडफिल्डर : फिल फोडेन, मेसन माउन्ट, काल्भिन फिलिप्स, डेक्लन राइस, जेम्स वार्ड प्रोज, ह्यारी विङ्कस

फरवार्ड : ट्याम्मी अब्राहम, मासन ग्रीनवुड, ड्यानी इंग्स, ह्यारी केन, मार्कस रासफोर्ड, जेडन सान्चो र रहिम स्ट्रलिङ
 

प्रकाशित मिति: : 2020-08-26 09:15:27

प्रतिकृया दिनुहोस्