सेना, प्रहरी र नगरपालिकाका कर्मचारीसहित गण्डकी प्रदेशमा थप २५ जनामा कोरोना संक्रमण

काेराेना परीक्षण गरिदैँ। फाइल तस्वीर: गण्डकी प्रदेश स्वास्थ्य निर्देशनालय

नेपाली सेना, प्रहरी र नगरपालिकाका कर्मचारीसहित गण्डकी प्रदेशका थप २५ जनामा कोरोना संक्रमण पुष्टि भएको छ।

क्षयरोग उपचार केन्द्र, पोखरा र चितवन मेडिकल कलेज, चितवन गरिएको परीक्षणमा बिहीबार थप २५ जनामा कोरोना संक्रमण पुष्टि भएको प्रदेश स्वास्थ्य निर्देशनालयका निर्देशक डा विनोदविन्दु शर्माले जानकारी दिए।

उनका अनुसार थपिएका संक्रमितहरुमा बागलुङका ८, पर्वतका १, लमजुङका ४, तनहुँका ९, नवलपरासी -सुस्तापूर्व_का ३ गरी २५ जना रहेको छन्।

संक्रमितहरुमध्ये बागलुङका १ जना नेपाल प्रहरी, लमजुङका २ जना नेपाली सेना र १ जना नगरपालिकामा कार्यरत कर्मचारी रहेका छन्।

योसँगै गण्डकी प्रदेशमा कोरोना संक्रमितको संख्या १ हजार ९७७ पुगेको छ भने निको हुनेको संख्या १ हजार ६६५ रहेको छ।

गण्डकी प्रदेशमा आज पोखराकी ३२ वर्षीया महिलाको मृत्यु भएसँगै कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या ९ पुगेको छ।

प्रकाशित मिति: : 2020-08-27 11:58:49

प्रतिकृया दिनुहोस्