मिर्जापुर २ को रिलिज मिति सार्वजनिक

एजेन्सी

मुम्बई

वेब सिरिज मिर्जापुरको दोस्रो सिजनको रिलिज डेट सार्वजनिक भएको छ । मिर्जापुर २, यहि वर्षको अक्टुबर २३ मा रिलिज हुनेछ ।

वेभ सिरिज, मिर्जापुर १ मा भारतको उत्तर क्षेत्रमा हुने गरेको अराजकता, हतियार र ड्रग्सका विषयमा कथा समेटिएको थियो । अमेजन प्राइम भिडियोको वेब सिरिज मिर्जापुर भारतका सफल सिरिज मध्ये पर्दछ । साना शहरमा हुने गरेको ग्यान्सटर र उनीहरुको अपराधबाट प्रभावित हुने युवाको कथा थियो ।

मिर्जापुर २ मा, मिर्जापुर १ कै पंकज त्रिपाठी, अली फजल, दिव्येन्दु शर्मा, श्वेता त्रिपाठी शर्मा, रसिका दुगल, हर्षिता शेखर गौड, अमित सियाल, अञ्जुम शर्मा, शीबा चड्ढा, मनु ऋषि चड्ढा र राजेश तैलंग लगायतका कलाकारको अभिनय दोहोरिने छ ।

प्रकाशित मिति: : 2020-08-28 09:51:14

प्रतिकृया दिनुहोस्