पाकिस्तानी सरकारको युट्युबलाई कडा निर्देशन

बिएल संवाददाता

इस्लामाबाद

पाकिस्तान सरकारले युट्युबलाई आपत्तिजनक पोस्ट हटाउन निर्देशन दिएको छ। 

उसले एउटा चिट्ठी लेखेर सरकारी गाइडलाइनको पूर्ण पालना गर्न निर्देशन दिएको हो। सरकारले युट्युबमा पोस्ट गरिएको थुप्रै कन्टेन राष्ट्रिय सुरक्षाका लागि खतरा भएको र कति पोस्टले पाकिस्तानको छवी धुमिल बनाएको बताएको छ। 

पाकिस्तान टेलकम्युनिकेशन अथोरिटी (पीटीए) का अनुसार युट्युब र अन्य च्यानलका लागि पहिलेदेखि नै निर्देशिका बनाइएको छ। यसको पूर्ण पालना नभए कार्यवाही गरिने पीटीएले बताएको छ। 

उसले अश्लील, अनैतिक र संवेदनशील भिडियो हटाउन निर्देशन दिएको हो। युट्युबपछि पाकिस्तानी सरकारको टिकटकमा पोस्ट हुने विषयतर्फ पनि ध्यान केन्द्रित छ। 

टिकटकमा पोस्ट गरिने अश्लील विषयले युवाहरूमा गलत सन्देश गएको सरकारी दावी छ। पाकिस्तानले सन् २०१६ मा युट्युबलाई प्रतिबन्ध लगाएको थियो। अमेरिकी सरकारको दबाबपछि २ महिनामा पुनः खोलियो।

प्रकाशित मिति: : 2020-08-30 11:37:29

प्रतिकृया दिनुहोस्