कोरोना भाइरस: यस्ता थिए दुई हजार वर्षमा नेपालमा आएका महामारी

हामीकहाँ इतिहास लेखेर राख्ने चलन नभएकाले नेपालको इतिहासका धेरै कुरा थाहा पाउन सजिलो छैन।

महामारीका इतिहासको हकमा पनि यो कुरा लागू हुन्छ।

महामारीको इतिहासको कुरा गर्दा नेपालको सबैभन्दा पहिलो महामारीको विवरण लिच्छविकालको पाइएको छ।

तर त्यो पनि लिच्छविकालभन्दा निकैपछि १५औँ शताब्दीमा आएर मात्र वंशावलीमा उल्लेख भएको छ।

'गोपालराजवंशावली'मा लिच्छवि राजा सुपुष्पदेवको पालामा ठूलो महामारी आएको उल्लेख छ।

उक्त महामारीको कारण 'दुधे कर्कलो' भएको उल्लेख गरेको पाइन्छ।

रोचक कुरा के छ भने काठमाण्डूमा दुधे कर्कलो अहिले पनि धेरैले खानका लागि प्रयोग गर्दैनन्।

सायद त्यसबेला महामारी ल्याउने कुरा भएकाले पो प्रयोग नगरेका हुन् कि!

प्रकाशित मिति: : 2020-08-30 22:35:28

प्रतिकृया दिनुहोस्