यसरी सुक्दै छ टोनी हागनले देखेको त्यो हिमनदी

हिमाल खबर

काठमाडौँ

तुफान न्यौपाने 
राणाशासनमै नेपालको विकास परियोजना बनाउने समूहमा आएका स्वीस नागरिक टोनी हागन त्यसपछि बारम्बार नेपाल आए, सरकारी जागीरे समेत भए। नेपालमा भौगर्भिक अध्ययनमा लामो समय बिताएका हागनले आफ्ना नेपाल सम्बन्धी किताबमा लेखेका विषयवस्तु हेर्दा थाहा हुन्छ- उनको रुचि र खोज भौगर्भिक अध्ययनमा मात्रै सीमित थिएन। उनको अध्ययनको दायरा विकास मोडलदेखि आर्थिक, सामाजिक विषयमा समेत फैलिएको थियो। 

नेपाली भाषामा अनुवाद उनका किताबहरू ‘नेपालको चिनारी’, ‘विकास र विकेन्द्रीकरण’ तथा ‘उहिलेको नेपाल’ वृत्तचित्रले पनि हागनको खोज र रुचिको दायरालाई पुष्टि गर्छ। 

हागनले सन् १९५९ मा मनाङ यात्राका क्रममा खिचेको एउटा तस्वीर यतिबेला उक्त क्षेत्रमा हिमनदीको खुम्चँदो अवस्थाबारे नयाँ तथ्य पत्ता लगाउन उपयोगी भएको छ। 

चीनको प्रतिष्ठित अनुसन्धानमूलक संस्था चाइनिज एकेडेमी अफ साइन्सेस (क्यास) अन्तर्गतको इन्ष्टिच्यूट अफ टिबेटियन प्लेटो रिसर्चका अनुसन्धानकर्ताहरूले मनाङका गंगापूर्ण र अन्नपूर्ण तेस्रो हिमनदीहरू सुक्दै गएको तथ्य पत्ता लगाएका छन्। 
 

प्रकाशित मिति: : 2020-08-31 07:25:56

प्रतिकृया दिनुहोस्