चंगासँगै हावामा उडेकी बालिका मृत्युको मुखबाट फर्किइन् (भिडियो)

एजेन्सी

ताइवान,

ताइवानमा हालै भएको एउटा चंगा महोत्सवमा तीन वर्षीय एक बालिका मृत्युको मुखबाट फर्किएकी छिन्।

महोत्सवमा ती बालिका ठूलो चंगाको पुच्चरमा अडकिएकी थिइन र उनी हावामा उड्न थालिन्। तर, उनी जीवित धर्तीमा फर्किन सफल भइन्। उनलाई सामान्य चोट मात्र लाग्यो। घटनाको भिडियो सोसल मिडियामा भाइरल भएको छ। 

घटना ताइवानको सिन्चुु सहरमा भएको हो। यहाँ अन्तर्राष्ट्रिय चंगा महोत्सव भएको थियो। आइतबार विशाल चंगाको पुच्चरमा ती बालिक अल्झिएकी थिइन। तर, हेर्दा हेर्दै उनी हावामा उड्न थालिन।

माथिबाट उनी थुप्रै पल्ट पल्टिदैं जमिनमा खस्न पुगेकी थिइन। उनी खस्न लागेको ठाउँमा मानिसहरू पुगेर उनलाई जोगाएका थिए। 

उनी ३० सेकेन्ड हावामा उडेकी थिइन। यतिबेला ५० देखि ६० किलोमिटर प्रतिघण्टाको दरले हावा चलिरहेको थियो। बालिकालाई हावामा उडेको देखेर त्यहाँ भएका धेरै जना कराएका थिए। तल झरेपछि उनलाई तुरुन्त अस्पताल लगिएको थियो। उनलाई सामान्य चोट मात्र लागेको अस्पतालले जनाएको छ। सिन्चु सहरका मेयल लिन ची–चेनले फेसबुकबाट यस घटनाका लागि माफी मागेका छन्।

प्रकाशित मिति: : 2020-08-31 17:26:27

प्रतिकृया दिनुहोस्