महामारीको असरः व्यवसाय नै छाड्दैछन् ब्युटी पार्लर व्यवसायी

हिमाल खबर

काठमाडौँ

नुनुता राई 
ललितपुरको सानेपामा पाँच वर्षदेखि ब्युटी पार्लर चलाइरहेकी शर्मिला कार्कीले व्यवसाय नै छाडेकी छिन्। महामारीका कारण लामो समय बन्द गर्नुपरेको कारण महँगो भाडा तिर्न नसकेपछि व्यवसाय नै छाडेको उनी बताउँछिन्।

दुई कर्मचारी पनि राखेकी उनले बन्दाबन्दीअघि ‘होम सर्भिस’ पनि दिने गरेकी थिइन्। तर, बन्दाबन्दीमा समस्या हुन थालेपछि तीन महीनाअघि कर्मचारीलाई बिदा दिइन्। कहिले खुल्ने अनिश्चित भएको र महँगो भाडा तिर्नु परेकाले अहिले पार्लर स्थायी रुपमै बन्द गरिसकेकी छिन्।

यही व्यवसायबाट जीविका चलाइरहेकी उनी आर्थिक रुपमा समस्यामा पर्न थालेकी छिन्। अहिले पार्लरका सबै सामान आफू बस्ने कोठामा राखेकी उनले अवस्था सामान्य भएपछि फेरि खोल्ने/नखोल्ने विचार गर्ने बताइन्। उनी भन्छिन्, “पाँच महीनासम्म महँगो भाडा तिरेर राखेँ। जेठसम्म त कर्मचारीलाई पनि तलब दिएकी थिएँ। अब निषेधाज्ञा नै खुले पनि मेरो व्यवसाय चल्दैन।”
 

प्रकाशित मिति: : 2020-09-04 10:05:23

प्रतिकृया दिनुहोस्