‘परिवार र कल्बप्रतिको मायाले निर्णयबाट पछि हटें’ (भिडियाेसहित)

क्याटलान क्लब बार्सिलोनाका कप्तान लिओनेल मेसीले अन्ततस् आफू सिजनको अन्त्यसम्म सोही क्लबमा रहने बताएका छन्। गोलसँग पछिल्लो केहि दिनको अवस्थाबारे बोल्दै मेसीले आफू परिवारको आग्रहको कारण निर्णय बदल्न बाध्य भएको बताए।

‘जब मैले बार्सिलोना छोड्ने विषयमा पत्नी र छोरालाई भने, मैले सोच्दै नसोचेको अवस्था सिर्जना भयो। सबैजना रुन थाले र बार्सिलोना नछाड्ने जिद्दी कसे। उनीहरु सहर मात्र होइन आफ्नो स्कुल पनि परिवर्तन गर्ने पक्षमा थिएनन्।’

उनले कल्बमा रहनुको कारण बार्सिलोनाले ७ सय मिलियन युरोको रिलिज क्लज नतिरी जान नदिने अडान राख्नु रहेको पनि बताए। कुनै पनि क्लबले ७ सय मिलियन युरो तिर्न असम्भव छ।

‘मैले सोचेको थिएँ की मेरो सम्झौता अनुसार म फ्री ट्रान्सफरमा छोड्न पाउने छु। क्लबका अध्यक्षले पनि सधैं आफ्नो निर्णय सिजनको अन्त्यमा लिने समय छ र बस्न चाहने नचाहने त्यसैबेला निर्णय गर्ने सुझाव दिएका थिए।’

उनले आफ्नो निर्णयमा कोरोना भाइरसको प्रभाव परेको पनि सुनाए।

‘मैले जुन १० मा लिगमा प्रतिस्पर्धा गरिरहेको बेलामा कसरी निर्णय लिन सक्थें र? कोरोनाभाइरसका कारण सिजन यसै पछि सरेको थियो। मैले आफ्नो निर्णय जुन १० अगाडि दिएको थिइनँ भन्ने अडान लिएको छ,’ उनले अगाडी भने।

उनले अब यही बसेर च्याम्पियमन्स लिग जित्ने लक्षय बनाएको समेत बताए। 

‘म अझै केहि वर्ष उच्च स्तरमा खेलेर उपाधि जित्न चाहन्छु। विशेषगरि च्याम्पियन्स लिग उपाधि जित्न चाहन्छु। खेलमा हार वा जित त हुन्छ नै, तर प्रतिस्पर्धा गर्नु उत्तिकै जुरुरी छ,’ उनले भने। 

उनले आफू कानुनी उपचारमा जाने विकल्प रहेपनि हुर्किएको क्लबविरुद्ध अदालतको ढोकामा नपुग्ने प्रष्ट पारे।

‘मैले चाहेको भए मुद्दा लड्ने विकल्प पनि थियो। तर म कहिले पनि बार्सिलोनालाई अदालतसम्म लिएर जान सक्दिन। बार्सिलोनाले मलाई र मैले पनि क्लबलाई सबैथोक दिएको छु। मैले कहिले पनि क्लबलाई अदालतसम्म लग्छु भनेर सोचेको छैन। यो क्लबको मलाई माया लाग्छ र यहाँ मैले जीवनमा सबैथोक पाएको छु। यो क्लब मेरो जिन्दगी हो र मैले मेरो जीवन यहीं बनाएको छु,’ उनले भनेका छन्।

उनले बार्सिलोना जस्तो अन्य कल्बमा माया नपाउने पनि बताए। ‘यसका बाबजुद मसँग निर्णय लिने अधिकार भने छ। म केहि नयाँ चुनौती र अवसरको खोजीमा थिएँ। त्यसैले कल्ब बदलिन खोजेको हुँ। तर यहाँको जस्तो अन्य कल्बमा मैले माया पाउदिन,’ उनले भने। 

आफूले कल्ब छोड्ने निर्णय लिएकोप्रति माफी समेत उनले मागेका छन्।

‘मेरो छोरा, मेरो परिवार यहाँ नै हुर्केको हो र यहींका हुन्। मैले क्लब छोड्न चाहनुमा केही गल्ति थिएँ। यो मेरो आवश्यकता थियो, क्लबको आवश्यकता थियो र सबै पक्षको भलो थियो। म जहिले पनि बार्सिलोना फर्कन सक्थें, किनभने मैले यहाँ सबथोक पाएको छु,’ मेसीले भने।

यस्तै उनले कल्बको निर्णले आफ्नो छोरा निकै दुखित भएको पनि बताए।

‘मेरो छोरा माटिओ सानो छ र अहिले कतै अन्य ठाउँ गरेर बसाईं सार्ने तथा नयाँ जिन्दगी सुरुवात गर्ने भन्ने बुझ्न सकेको छैन। थियागो अलि ठूलो भएकाले केही बुझ्छ। उसले टिभीमा केहि सुनेपछि मलाई प्रश्न गरेको थियो। उ दुखित थियो,’उनले भने। 

उनले अहिले आफ्नो अवस्थाबारे छोरोहरुलाई थाहा हुन नदिएको पनि बताएका छन्। ‘मैले उसलाई मेरो अवस्थाबारे थाहा हुन दिएको छैन। तैपनि उसले रोइकराई गरेर कतै नजान भानिरह्यो। त्यो समय निकै नै कठिन थियो,’ मेसीले भने। 

प्रकाशित मिति: : 2020-09-05 06:32:27

प्रतिकृया दिनुहोस्