कंगनालाई धम्की र गालीगलौज

एजेन्सी

मुम्बई

बलिउड अभिनेत्री कंगना रनोट सुशान्त सिंह राजपुतको मृत्युबारे अभिव्यक्ति दिएपछि विवादित बन्दैआएकी छन् ।

राजपुतको आत्महत्याको दिनदेखि नै उनले आत्महत्या नभएर त्यो हत्या भएको भन्दैआएकी थिइन् । पछिल्लो समय उनले आफूलाई धम्की आएको बताएकी छन् । पछिल्लो पटक शिव सेनाका नेता सञ्जय राउतले उनलाई मुम्बइ नफर्कने धम्की दिएका थिए ।

सञ्जयले फेरि उनलाई घृणायुक्त गाली गर्न थालेका छन् । कंगनाले आफूमाथि सञ्जयले व्यक्तिगत गालीगलौज गर्न थालेको बताएकी छन् । सञ्जयले कंगनालाई उनको बाबु र उनकै निजी मामिला जोडेर गालीगलौज गरेको बुझिएको छ । कंगनालाई उनले ‘हरामखोर’ भन्दै गालीगलौज दिएका थिए।

सञ्जयले कंगनाको पक्षमा बोल्ने पत्रकार र बलिउडकर्मीलाई समेत गाली गर्न थालेका छन् । भिडियो सन्देश दिँदै सञ्जयले कंगनाको ‘भाग्य’ शिव सेनाले मात्रै नभएर हरेक मानिसले तय गरिसकेको चेतावनी दिएका थिए । यसलाई कंगनाले ज्यान मार्ने धम्कीको रुपमा बुझेकी छन् । यसअघि सञ्जयले कंगनालाई मुम्बइ नफर्कन चेतावनी दिएका थिए ।

 

 

प्रकाशित मिति: : 2020-09-05 22:11:08

प्रतिकृया दिनुहोस्