रहिम स्टर्लिङकाे निर्णायक गाेलमा यूईएफए नेसन्स लिग फुटबलमा इंग्ल्यान्डले विजयी सुरुवात गरेको छ।
शनिबार भएको खेलमा आयरल्यान्डलाई १-० गोल अन्तरले पराजित गर्दै इंग्ल्यान्डले विजयी सुरुवात गरेको हो।
आयरल्यान्डको मैदानमा भएको खेलमा दुबै टिम १० खेलाडीमा समेटिएपछि खेलको इन्जुरी समयमा स्टर्लिङले पेनाल्टीमा निर्णायक गोल गरेका थिए।
आयरल्यान्डका डिफेन्डर इन्गासनले पेनाल्टी क्षेत्रमा हातले बल रोकेपछि इंग्ल्यान्डले पेनाल्टीको अवसर पाएको थियो। जसमा स्टर्लिङले शानदार गाेल गरे।।
तर, खेलको इन्जुरी समयमै इंग्ल्यान्डका जोसेप गोमेजले होल्मबेर्ट आरोनलाई आफ्नो डिबक्सभित्र फल गरेपछि आयरल्यान्डले पेनाल्टीको अवसर पाएको थियो।
तर,बिर्किरले पेनाल्टीमा गोल गर्न नसक्दा घरेलु टिम स्तब्ध बन्यो। उनको पेनाल्टी प्रहार बाहिरिएको थियो।
त्यसअघि खेलको ७१ औं मिनेटमा केली वाल्करले दोहोरो पहेलो कार्डसहित रातो कार्ड पाउँदा इंग्ल्यान्ड १० खेलाडीमा समेटिएको थियो।
यस्तै ८९ औं मिनेटमा इन्गासन दोहोरो पहेलो कार्डसहित रातो कार्ड पाएर मैदानबाट बाहिरिदा घरेलु टिम समेत अन्तिम समय १० खेलाडीमा समेटिएको थियो।
जितसँगै लिग ए समूह २ मा इंग्ल्यान्डले ३ अंक जोडेको छ। इंग्ल्यान्ड तालिकाको शीर्ष स्थानामा रहेको छ।