क्यालिफोर्नियामा लागेको डढेलो नियन्त्रण बाहिर

एजेन्सी

क्यालिफोर्निया

अमेरिकाको क्यालिफोर्नियामा भीषण डढेलो लागेको छ। डढेलोका कारण हजारौं हेक्टर जमिन जष्ट भएको छ।

शनिबार बिहानदेखि सुरु भएको डढेलो नियन्त्रण गर्न ५०० जनाभन्दा बढी अग्नि नियन्त्रकका साथै ४ वटा हेलिकप्टर परिचालन गरिएको छ। इल डोरा क्षेत्रमा आयोजना भएको एक पार्टीबाट त्यहाँ आगो अनियन्त्रित बनेको हुन सक्ने प्रहरीले अनुमान गरेको छ।

उत्तरी क्यालिफोर्नियामा २०० जनालाई हेलिकप्टरबाट उद्धार गरिएको छ। डेढेलो प्रभावित क्षेत्रमा सयौं घर जलेको र हजारौं मानिस विस्थापित भएको बताइएको छ। डढेलो अनियन्त्रित भएपछि क्यालिफोर्नियाका गभर्नर गेभिन न्यूजओमले राज्यमा आपतकाल घोषणा गरेका छन्।

तस्बिरः अलजजिरा

प्रकाशित मिति: : 2020-09-07 23:17:50

प्रतिकृया दिनुहोस्