कोरोना संक्रमितको उपचारमा उपयोगी औषधिको यसरी हुँदैछ नेपालमा ‘क्लिनिकल ट्रायल’

हिमाल खबर

काठमाडौँ

रामु सापकोटा 
गएको २ सेप्टेम्बर (१७ भदौ) मा ‘द जर्नल अफ द अमेरिकन मेडिकल एसोसिएसन’मा प्रकाशित एक अनुसन्धान प्रतिवेदनले डेक्सामेथासोन, हाइड्रोकोर्टिसोन र मिथाइल प्रेड्निसोलोन औषधि कोरोनाभाइरस (कोभिड—१९) का गम्भीर बिरामीको जीवन बचाउन उपयोगी हुने निष्कर्ष निकाल्यो।

अनुसन्धानले कोरोनाका गम्भीर बिरामीमा स्टेरोइड समूहका यी तीन औषधि निकै उपयोगी हुन सक्ने देखाएको छ। ती औषधिको प्रयोगले सिकिस्त संक्रमितको मृत्यु हुने संभावना एक तिहाइले घटाउने दाबी पनि गरिएको छ। 

कोरोना संक्रमितको उपचारमा डेक्सामेथासोन औषधिले अहिलेसम्मकै सबैभन्दा राम्रो नतिजा निकालेको अध्ययन प्रतिवेदनमा उल्लेख छ। अन्तर्राष्ट्रिय रुपमा गरिएको स्टेरोइड समूहका औषधिको क्लिनिकल ट्रायलको नतिजा सार्वजनिक भएसँगै विश्व स्वास्थ्य संगठनले उक्त समूहका औषधि प्रयोगको निर्देशिका पनि जारी गरिसकेको छ। डेक्सामेथासोन सबैजसो मुलुकमा सस्तो मूल्य र सहज रुपमा उपलब्ध हुने औषधिमा पर्छ। 
 

प्रकाशित मिति: : 2020-09-08 15:14:38

प्रतिकृया दिनुहोस्