माने र भान डीजेकलाई पछि पार्दै ब्रूयनाले जिते वर्ष खेलाडी अवार्ड

म्यानचेस्टर सिटीका मिडफिल्डर केविन डी ब्रूयनाले पुरुष वर्ष खेलाडीको अवार्ड पाएका छन्।

पिएफए अवार्ड पाएका २९ वर्षका डी ब्रूयनाले प्रोफेसनल फुटबलर्स एसोसिएशनले प्रदान गर्ने अवार्ड पाएका हुन्।

पुरुष वर्ष खेलाडी बनेका डी ब्रूयनाले गएको वर्षका विजेता भर्जिल भान डीजेक, ट्रेन्ट एलेक्सान्डर–अर्नोल्ड, साडिओ माने, जोर्डन हर्नान्डेस र रहीम स्ट्रर्लिङ्गलाई पछि पारेर अवार्ड जितेका हुन्।

अवार्ड प्राप्त गरेपछि आफ्नो सफलताका लागि प्रशिक्षक पेप गार्डिवलाको हात रहेको भन्दै उनको प्रशंसा गरेका छन्।

बेथ इंग्ल्याण्डले महिला वर्ष खेलाडीको अवार्ड जितेकी छन्। यस्तै लिभरपुलका २१ वर्षे ट्रेन्ट एलेक्सान्डर–अर्नोल्डले योङ्ग प्लेअर अवार्ड जितेका छन्।
 

प्रकाशित मिति: : 2020-09-09 07:40:23

प्रतिकृया दिनुहोस्