६९ वर्षीया जुम्ली आमाले १० दिनमै जितिन् काेरोना

जुम्लाकी ६९ वर्षीया एक वृद्ध महिलाले कोरोना भाइरस संक्रमणलाई जितेकी छन्। 

चन्दननाथ नगरपालिका ३ कि हिरा बुढाथापाले कोरोना जितेको कर्णाली सस्वस्थ्य विज्ञान प्रतिष्ठानले जनाएको छ। 

भदौ १४ गते पीसीआर परीक्षण गर्दा उनमा कोरोना संक्रमण भएको पुष्टि भएको थियो। तर, उनी १० दिनमै कोरोना संक्रमणमुक्त भएकी हुन्।  

१० दिनमा पुनः परिक्षण गर्दा उनको रिपोर्ट नेगेटिभ आएको हो। हाल उनी डिस्चार्ज भइसकेकी उनका छोरा नगेन्द्र बुढाथापाले बताए।

‘अहिले आमाको स्वास्थस्थिति ठिक छ। पहिला पनि कुनै लक्षण थिएन,’ उनले भने, ‘हाम्रो परिवारका सबै सदस्यको पीसीआर रिपाेर्ट नेगेटिभ आएको छ।’

प्रकाशित मिति: : 2020-09-10 07:00:47

प्रतिकृया दिनुहोस्