फ्रान्सका अन्तराष्ट्रिय गोलकिपर अरोला फुलह्याममा अनुबन्धित

फ्रान्सका अन्तराष्ट्रिय गोलकिपर अल्फोन्सलाई अरोला प्रिमियर लिग क्लब फुलह्यामले अनुबन्धन गरेको छ।

यसै सिजन प्रिमियर लिगमा बढुवा भएको फुलह्यामले २७ वर्षीय अरोलालाई पेरिस सेन्ट जर्मेन (पीएसजी) बाट लोनमा अनुबन्धन गरेको हो।

अरोलाले गत सिजन लोनमा रियल मड्रिडमा बिताएका थिए। जसमा उनले ९ पटक खेल्ने मौका पाएका थिए। यस्तै उनले दुई च्याम्पियन्स लिगको खेल समेत खेलेका थिए। 

 म्यानेजर स्कट पार्करले मलाई बोलाउनु भयाे। यसमा म धेरै खुसी छु,’ उनले भने, ‘मैले निकै राम्रो महशुश गरे। फुलह्याम एेतिहासिक क्लब हो। मैले यस मैदानको बिषयमा धेरै सुनेको छु।’

उनले फ्रान्सबाट ३ पटक खेलेका छन्। फ्रान्सले सन् २०१८ मा विश्वकप जित्दा उनलाई टिममा परेपनि खेल्ले माैका भने पाएका थिएनन्।

प्रकाशित मिति: : 2020-09-10 07:23:15

प्रतिकृया दिनुहोस्