सुनचाँदीको भाउ बढ्यो, तोलाको कति?

नेपाली बजारमा आज बिहीबार सुनचाँदीको भाउ बढेको छ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार बिहीबार सुन ४ सय रंपैयाँ र चाँदीको भाउ १० रुपैयाँले बढेको छ। बुधबार सुन र चाँदीको भाउ क्रमशः तोलाको ६ सय र ५ रुपैयाँले बढेको थियो। 

महासंघका अनुसार बिहीबार छापावाल सुनको भाउ तोलाको ९६ हजार ८ सय रुपैयाँ कायम भएको छ। बुधबार ९६ हजार ४ सय रुपैयाँमा किनबेच भएको थियो।

यसैगरी, तेजाबी सुनको भाउ बिहीबार तोलाको ९६ हजार ३ सय रुपैयाँ कायम भएको छ। बुधबार ९५ हजार ९ सय रुपैयाँमा किनबेच भएको थियो। 

महासंघका अनुसार चाँदीको भाउ बिहीबार  तोलाको १ हजार ३ सय २५ रुपैयाँ पुगेको छ।  बुधबार तोलाको १ हजार ३ सय १५ रुपैयाँ थियो। 

उपभोक्ताको अनुमानभन्दा उच्च दरमा भाउ बढ्नु तथा कोरोना महामारीका कारण चार महिना लामो ‘लकडाउन’ र काठमाडौं उपत्यकामा जारी निषेधाज्ञाका कारण सुन बजार नराम्रोसँग प्रभावित भएको व्यवसायी बताउँछन्। 

प्रकाशित मिति: : 2020-09-10 11:27:09

प्रतिकृया दिनुहोस्