पीसीआर रिपोर्ट बिगारेर फेसबुकमा पोष्ट गर्ने २ जना पक्राउ

सामाजिक सञ्जालमार्फत\ पीसीआर रिपोर्ट सम्बन्धी झुट्टा अफवाह फैलाएको अभियोगमा कास्की प्रहरीले २ जनालाई पक्राउ गरेको छ।

प्रदेश जनस्वास्थ्य प्रयोगशाला गण्डकी प्रदेश पोखराबाट कोभिडकाे  पीसीआर परीक्षण गरेको ईश्वर रिमालको रिपोर्टलाई उल्टोपाल्टो गरी सामाजिक सञ्जालमा पोष्ट गरेर अफवाह फैलाएपछि प्रहरीले पक्राउ गरेको हाे।

पक्राउ पर्नेहरुमा पर्वत मोदी गाउँपालिकाका २९ वर्षीय रिमाल, चितवन भरतपुर महानगरपालिका २२ वर्षीय निरज लम्साल रहेकाे जिल्ला प्रहरी कार्यालय कास्कीले जनाएको छ। 

पक्राउ परेका दुईजनालाई झुट्टा अफवाह फैलाउन नहुने सम्बन्धी मुद्दामा म्याद थप गरी अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।

प्रकाशित मिति: : 2020-09-11 13:24:12

प्रतिकृया दिनुहोस्