१६ भन्दा कम यात्रु बोक्दा कोरोना सर्छ ?

साना सवारी चलाउने मजदुर भन्छन्- भोकै छौं, अझै निचोर !

२६ भदौ, काठमाडौं । सरकारले काठमाडौं उपत्यकामा निषेधाज्ञा खुकुलो गर्दै सार्वजनिक सवारी चलाउन दिने निर्णय गरेको छ, तर, १६ सिटभन्दा माथिका गाडी मात्रै । काठमाडौंमा चल्ने झण्डै १५ सयदेखि २ हजारसम्मको संख्यामा रहेका टेम्पो, नीलो माइक्रो र माइक्रो बस सरकारको यो निर्णयबाट सडकमा आउन पाएनन् । यस्तो निर्णय आएपछि साना सवारी धनी, चालक तथा सहचालकहरु सरकारप्रति आक्रोशित भएका छन् ।

लकडाउनपछि यात्रुबीच भौतिक दूरी कामय गरेर चलाउन दिइएको सवारी अहिले के कारणले रोक्नु परेको भन्दै उनीहरुले सरकारसँग जवाफ मागेका छन् । सरकारले साना सवारीमा संक्रमणको जोखिम बढी हुन्छ भने पनि उनीहरु मान्न तयार छैनन् । ‘१६ सिटे सवारीमा ८ जना चढ्दा कायम हुने दूरी १४ सिटे सवारीमा ७ जना चढ्दा कायम हुँदैन भन्नु जायज छ ?’ टेम्पो चालक रमिला थोकर भन्छिन्,’१६ भन्दा कम यात्रु बोक्दा कोरोना सर्छ भन्ने सिद्धान्त कता उदय भएको हो  ?’

प्रकाशित मिति: : 2020-09-11 13:41:38

प्रतिकृया दिनुहोस्