जिब्रो छेँड्दा ‘भगवान’ थिएँ, अहिले कोरोना संक्रमित बोक्दा टोलका मान्छे आँखा तर्छन्

आयोमेल

काठमाडौँ

रेणु त्वानाबासु 

भक्तपुर बोडेको एउटा प्रसिद्ध जात्रा हो बिस्केट अर्थात् जिब्रो छेड्ने जात्रा। त्यो जात्रामा उनले जिब्रो छेड्न थालेको ७ वर्ष भइसकेको छ।

सांस्कृतिक जिल्ला भक्तपुरमात्रै होइन, पूरै देशभर बुद्धकृष्ण बाग (श्रेष्ठ) को अनुहार सांस्कृतिक परिचय हो। 

७ वर्षदेखि जिब्रो छेड्दा सहेको पीडा उनलाई त्यत्ति दुख्दैन, बरु त्यो भन्दा धेरै दुख्छ, समाजको हेपाइ। 

उनै बुद्धकृष्णको अर्को सामाजिक परिचय छ, एम्बुलेन्स चालक। उनी १८ वर्षदेखि एम्बुलेन्स पनि चलाउँदै आएका छन्। 

महामारीको बीचमा धेरै बिरामीलाई एम्बुलेन्सले बोक्न नमानेकै कारण अस्पताल पुग्न नसक्दा ज्यान गयो। तर, देशभरका सबै एम्बुलेन्स चालक यस्ता छैनन्, जो संकटका समयमा संक्रमणको डरले भाग्छन्।

संस्कृति जोगाउन बारम्बार जिब्रो छेडाउन तत्पर हुने उनै बुद्धकृष्ण महामारीमा पनि उस्तै जोखिम मोलेर रातदिन एम्बुलेन्सको साइरन बजाउँदै दौडिरहन्छन्।

प्रकाशित मिति: : 2020-09-12 17:22:03

प्रतिकृया दिनुहोस्