बाढीपहिरो पीडितलाई सहयोग

रासस

गण्डकी 
सांकेतिक तस्बिर

नेपाली काँग्रेस कास्कीले रुपा गाउँपालिका– ६ बराहथोकका बाढीपहिरा प्रभावित परिवारलाई नगद सहयोग गरेको छ। 

पहिरोले घर पुरिएर मृत्यु भएकी २० वर्षीया सिर्जना विकको परिवारलाई २८ हजार ३ सय र पहिरोबाट विस्थापित माया सुनार र हरिराम विकको परिवारलाई दुई/दुई हजार नगद सहित खाद्यान्न सहयोग गरिएको नेका कास्कीका प्रवक्ता नवीन सिग्देलले जानकारी दिए।

नेका कास्कीका सभापति कृष्ण केसी, पूर्वसभापति एवम् पूर्व मन्त्री यज्ञबहादुर थापसहितको टोलीले सहयोग रकम तथा खाद्यान्न बाढी प्रभावितलाई हस्तान्तरण गरे।

यही भदौ २३ गते बिहानपख घरमाथिको पहिरोले घर पुरिदा काजि विककी छोरी सिर्जनाको मृत्यु भएको थियो भने दुई घर परिवार विस्थापित भएका थिए।  कार्यक्रममा पूर्व मन्त्री  थापाले प्रतिपक्षमा रहेर  काँग्रेसले जनताप्रति निर्वाह गर्नुपर्ने भूमिकाबाट कहिल्यै विमुख नहुने बताए। नेका जिल्ला सभापति  केसीले पीडित परिवारको सुरक्षित बसोबासको व्यवस्थापनका लागि पार्टीका तर्फबाट सरकारसँग समन्वय गर्ने जानकारी दिए। 

प्रकाशित मिति: : 2020-09-12 18:22:34

प्रतिकृया दिनुहोस्