आइतबार कति तोकिएको सुन चाँदीको भाउ ? यस्तो छ दरभाउ

पछिल्ला दिनमा मूल्यमा तीब्र उतार चढाव आइरहेको सुनचाँदीको भाउ आइतबार भने स्थीर रहेको छ ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार शुक्रबारका लागि तोकिएको भाउमा नै आइतबार पनि सुनचाँदी दुबैको कारोबार हुनेछ ।
महासंघले छापावाला सुनको मूल्य ९६ हजार ५०० रुपैयाँमा तथा तेजावी सुनको मुल्य प्रतितोला ९६ हजार निर्धारण गरेको छ । यस्तै चाँदीको भाउ प्रतितोला १ हजार ३१० रुपैयाँ निर्धारण गरिएको छ ।

नेपाली बजारमा शुक्रबार पनि सुनचाँदी दुबैको यहि भाउमा कारोबार भएको थियो । बिहीबारको तुलनामा शुक्रबार भने सुनको भाउ तोलामा ३०० रुपैयाँले घटेको थियो। सोभन्दा अघिल्ला दिनहरु बिहीबार तोलामा ४०० रुपैयाँ र बुधबार ६०० रुपैयाँले बढेको थियो । गत मंगलबार भने सुन तोलामा ३०० रुपैयाँले घटेको थियो।

त्यसैगरी, चाँदीको मूल्य पनि गत मंगलबार १० रुपैयाँले घट्दा बुधबार ५ तथा बिहीबार १० रुपैयाँले बढेर १ हजार ३२५ रुपैयाँमा पुगेको थियो । शुक्रबार एकैदिन १५ रुपैयाँले घटेयता १ हजार ३१० रुपैयाँमा स्थीर रहेको छ।

प्रकाशित मिति: : 2020-09-13 12:14:01

प्रतिकृया दिनुहोस्