पोखरा– बागलुङ सडक अवरुद्ध

रासस

पर्वत
सांकेतिक तस्बिर

पर्वतको कुश्मा नगरपालिका–२ स्थित सहस्रधारामा अविरल वर्षाका कारण पहिरा खस्दा पोखरा–बागलुङ सडक अवरुद्ध भएको छ। 

सडक माथिबाट पहिरा खसेपछि आज बिहानदेखि सडक अवरुद्ध भएको हो । सडक अवरुद्ध भएपछि छिमेकी जिल्ला बागलुङ, म्याग्दी र मुस्ताङबाट आएका सवारी साधनहरु मालढुङ्गामा अलपत्र बनेका छन् भने अन्यत्रबाट उक्त जिल्लाका लागि आएका सवारी साधनहरु नयाँपुलमा अलपत्र बनेका छन्। 

सडक पन्छाएर खुलाउने प्रयास भइरहेको प्रहरी निरीक्षक बुद्धिप्रसाद सुवेदीले जानकारी दिए। ठूलो मात्रामा ढुङ्गा र लेदो बगेर आएका कारण सडक खुलाउन केही समय लाग्ने उनले जानकारी दिए। सो स्थानमा गत साउनमा पनि ठूलो पहिरा र ढुङ्गा खस्दा सडक एकतर्फि मात्रै सञ्चालन हुँदै आएको थियो।

प्रकाशित मिति: : 2020-09-13 12:14:02

प्रतिकृया दिनुहोस्