बाराकी ५५ वर्षीया काेराेना संक्रमित महिलाकाे वीरगञ्जमा मृत्यु

फाइल तस्वीर

बाराका एक ५५ वर्षीया कोरोना संक्रमित महिलाको उपचारको क्रममा मृत्यु भएको छ ।

उनको सोमबार साँझ सवा ७ बजे नारायणी अस्पताल, वीरगञ्जमा मृत्यु भएको अस्पतालका प्रवक्ता डा अतुलेश चौरसियाले जानकारी दिए।

मृतक बारा ,जितपुरसिमरा उपमहारनगरपालिका १४ डुम्बारवानकी ५५ वर्षिय महिला हुन्।

मधुमेह तथा उच्च रक्तचापकी विरामी महिला आज बिहान ११ बजे  अस्पतालमा भर्ना भएकी थिइन् ।

उनलाई श्वासप्रवासको समस्या भएपछि अचानक आइसीयुमा सारिएको थियो। लगत्तै मृत्यु भएको प्रवक्ता डा चौरसियाले बताए।

उनको मृत्युपछि जिन एक्सपर्ट रिपोर्ट पोजेटिभ आएको हो। योसँगै वीरगञ्जमा कोरोना संक्रमणको कारण बाराका १७ जनाको मृत्यु भएको छ।

प्रकाशित मिति: : 2020-09-14 22:07:54

प्रतिकृया दिनुहोस्