विवादित र दलका 'प्रिय' पूर्वकर्मचारीको नियुक्तिले सिध्याउँदैछ संवैधानिक निकायको साख

हिमाल खबर

काठमाडौँ

मुकेश पोखरेल

२०७४ जेठमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगको प्रमुख आयुक्त भएका दीप बस्न्यात अख्तियारकै इतिहासमा यस्ता पूूर्व प्रमुख हुन्, जसले आयोगले नै दायर गरेको मुद्दामा तारेख खेपिरहेका छन्। बालुवाटारस्थित ललिता निवासको सरकारी जग्गा व्यक्तिको नाममा दर्ता गर्ने कार्यमा बस्न्यातको संलग्नता देखिएपछि २२ माघ २०७६ मा उनलाई रु. ९ करोड ६५ लाख ६५ लाख ७६ हजार बिगो कायम गर्दै मुद्दा हालिएको छ। 

तत्कालीन भौतिक योजना तथा निर्माण मन्त्रालयको सचिव छँदा बस्न्यातले फर्जी मोहीका नाममा ललिता निवासको जग्गा व्यक्तिलाई दिन भूमिका खेलेका थिए। 

बस्न्यात विरुद्ध आयोगले मात्र होइन, सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागले पनि अनुसन्धान गरिरहेको छ। अकुत सम्पत्ति आर्जन गरेको आरोपमा विभागले उनको सम्पत्ति रोक्का गरेको छ। निजामती सेवाको विभिन्न जिम्मेवारी र आयोगको पदाधिकारी हुँदा उनले स्रोत नखुलेको सम्पत्ति जोडेको आरोप छ। निजामती सेवामा करीब ४४ वर्ष बिताएका बस्न्यात सधैं ‘मालदार अड्डा’ मानिएका कार्यालयमा बसे। 

२०३२ सालमा बाँके जिल्लाको कोहलपुरस्थित सडक डिभिजन कार्यालयको लेखा अधिकृत भएका बस्न्यात त्यसपछि निरन्तर मालपोत, कर, भन्सार, श्रम कार्यालय हुँदै आन्तरिक राजश्व विभागका महानिर्देशक भएका थिए। सचिवबाट सेवा निवृत्त भएका बस्न्यात २०७१ सालमा आयुक्तका रुपमा अख्तियार भित्रिएका थिए। 
 

प्रकाशित मिति: : 2020-09-15 09:44:35

प्रतिकृया दिनुहोस्