चीनमा नोभेम्बरसम्म कोरोनाको भ्याक्सिन सर्वसाधारणलाई उपलब्ध हुने

एजेन्सी

बेइजिङ

चीनको केन्द्रीय रोग संक्रमण रोकथाम विभाग (सीडीसी) का एक अधिकारीले नोभेम्बरसम्म कोरोना भाइरसको भ्याक्सिन सर्वसाधारणका लागि उपलब्ध हुने जानकारी दिएका छन्।

चीनमा हाल कोभिड–१९ को चार वटा भ्याक्सिनमाथि परीक्षण भइरहेको छ। परीक्षण अन्तिम चरणमा छ। यसमध्ये तीन वटा भ्याक्सिनको खोप संक्रमित र कर्मचारीलाई लगाउन अहिलेदेखि नै स्विकृति प्रदान गरिएको छ। यसका लागि आपतकालीन कार्यक्रम जुलाईदेखि सुरु भएको थियो। 

सीडीसीका प्रमुख बायोसेफ्टी विशेषज्ञ गुइझेन उले सरकारी टेलिभिजनसँग कुराकानी गर्दै भने, ‘म स्वयम अप्रिलमा भएको परीक्षणमा सहभागी थिए। अहिलेसम्म साइड इफेक्ट भएको छैन।’

उले भ्याक्सिनको नाम भने बताउन चाहेनन्। चीनको साइनोफार्म र साइनोवेक बायोटेक कम्पनी तीन वटा भ्याक्सिनमा रिसर्च गरिरहेको छ। 
चौथो भ्याक्सिन केनसाइनो बायोलोली कम्पनीले विकास गरिरहेको छ। 

चिनियाँ सेनाले जुनमा यो भ्याक्सिनलाई विकास गर्न मान्यता दिएको थियो। 
साइनोफार्मले जुलाईमै भनेको थियो, उसले वर्षको अन्त्यसम्म भ्याक्सिन बजारमा ल्याइसक्ने छ। यसको तेस्रो चरणको परीक्षण भइरहेको छ। 

कोरोनाका कारण हाल २ करोडभन्दा बढी मानिस संक्रमित भइसकेका छन्। जसमा ९ लाखभन्दा बढीको निधन भएको छ। कोरोना भाइरस चीनको उहान सहरबाटै फैलिएको थियो।

प्रकाशित मिति: : 2020-09-15 17:17:52

प्रतिकृया दिनुहोस्