प्याजमा भारतीय निर्भरता : बंगलादेशले पाठ सिक्यो, तर नेपालले ?

अनलाइनखबर

काठमाडौं

 नवीन ढुंगाना

गत वर्ष असोज १२ गते भारतले आफ्नो मुलुकबाट हुने प्याजको निर्यातमा प्रतिबन्ध लगायो । विश्वमा धेरै प्याज उत्पादन हुने मुलुक मध्येको एक भारतले निर्यातमा रोक लगाएपछि दक्षिण एशियाली मुलुकहरुमा प्याजको भाउ छोई नसक्नु भयो ।

४ अक्टोबर २०१९ (असोज १७,२०७६ मा) बंगलादेशकी प्रधानमन्त्री शेख हसिनाले आफ्नो भान्सामा महँगो प्याज प्रयोग नगर्न निर्देशन दिएको विषय त्यसबेला चर्चामा आएको थियो । भारतबाट प्याज नआएपछि बंगलादेश मात्रै होईन नेपाल पनि नराम्ररी पिल्सिन पुग्यो ।

भारतले रोक लगाएको दिन कालीमाटी तरकारी बजारमा प्याजको थोक मूल्य ८८ रुपैयाँ थियो । असोजको प्रतिबन्धपछि मंसिरमा प्याजको मूल्य ८८ रुपैयाँबाट बढेर थोकमै प्रतिकिलो २४० रुपैयाँमा कारोबार भयो । व्यापारीहरुका अनुसार खुद्रा बजारमा प्याजको उपभोक्ता मूल्य गत वर्ष तीन सय रुपैयाँसम्म पुग्यो । करिब पाँच महिनासम्म कायम भारतीय प्रतिबन्धका कारण प्याजको मूल्य उच्च नै रह्यो ।

प्रकाशित मिति: : 2020-09-16 20:32:49

प्रतिकृया दिनुहोस्