विदुर नगरपालिका ११ मा माथिल्लो गेर्खुका एक प्रहरी जवानको लडेर मृत्यु भएको छ ।
एक नम्बर गण काठमाडौंमा कार्यरत ३१ वर्षीय मधु रिमालको लडेर बुधबार मृत्यु भएको जिल्ला प्रहरी कार्यालय नुवाकोटले जनाएको छ ।
उनको प्रहरी सम्मानका साथ दाहसंस्कार गरिएको छ ।