नेपाल र ओमानबीच पर्यटन क्षेत्रमा सहकार्य हुने

ओमानका लागि नेपालकी राजदूत सर्मिला पराजुली ढकालले ओमानका सम्पदा तथा पर्यटन मन्त्री स्यालिम विन मोहम्मद अल मर्‌हुक्कीसँग शिष्टाचार भेट गरेकी छिन्

बिहीबार भएको भेटमा राजदूत ढकालले सम्पदा तथा पर्यटन मन्त्रीको रूपमा नियुक्त भएकोमा मर्‌हुक्कीलाई बधाई ज्ञापन गरेकी थिइन्। 

राजदूत ढकालले मन्त्री मर्‌हुक्कीलाई नेपालको गर्विलो संस्कृति, प्रचुर प्राकृतिक पर्यटन तथा रमणीय स्थलहरूको बर्णन गर्दै पछिल्लो दिनमा ओमानबाट जाने पर्यटकको संख्यामा वृद्धि भएको जानकारी गराएकी थिइन्।

यसका साथै आगामी दिनमा समेत मन्त्री मर्‌हुक्की लगायत समस्त ओमान सरकारबाट पर्यटन प्रबर्द्धनमा सहकार्यका लागि अनुरोध गरेकी थिइन्।

मन्त्री मर्‌हुक्कीले नेपालको प्राकृतिक सम्पदा एवम् साँस्कृतिक विविधताको खुलेर प्रशंसा गर्दै आगामी दिनमा पर्यटनको क्षेत्रमा सहकार्य गर्न तत्परता देखाए। 

उनले गत डिसेम्बरमा भएको संग्रहालय सम्बन्धी सम्झौताबारे प्रसन्नता जाहेर गर्दै निकट भविष्यमा नै पर्यटन क्षेत्रमा पनि नेपालसँग एक सम्झौतामा हस्ताक्षर हुने विश्वास व्यक्त गरे।

भेटमा मन्त्री मर्‌हुक्कीले ओमानको पर्यटन प्रबर्द्धनमा नेपाली जनशक्तिको विशेषगरी हस्पिटलिटीको क्षेत्रमा राम्रो योगदान रहेको उल्लेख गरेका थिए।

उक्त भेटमा सम्पदा तथा पर्यटन मन्त्रालयका अन्य उच्च पदाधिकारीहरूको समेत उपस्थिति रहेको थियो।

प्रकाशित मिति: : 2020-09-18 06:37:08

प्रतिकृया दिनुहोस्