ललितपुरमा थप एक कोरोना संक्रमित महिलाकाे मृत्यु

ललितपुरमा थप एक कोरोना भाइरस संक्रमित महिलाकाे मृत्यु भएको छ।

ललितपुरकी ६६ वर्षीय महिलाको बिहीबार उपचारका क्रममा मृत्यु भएको स्वास्थ्य कार्यालय ललितपुरले जानकारी दिएको छ।

उनी गत भदौ ३० गतेदेखि ललितपुरको क्यान्सर अस्पतालमा उपचार गराइरहेकी थिइन्।
 

प्रकाशित मिति: : 2020-09-18 07:06:12

प्रतिकृया दिनुहोस्