कहिले पुग्ला उनीहरूको भान्सामा बिजुली चुल्हो !

रूपन्देहीको सियारी गाउँपालिका-२ मुर्दहवा (दुर्गापुर)की ७० वर्षीया बेलासी केवटले धेरै वर्ष भोट हालेकी छन्। भोट हाल्ने बेला राजनीतिक दल र नेताहरू विभिन्न नारा लिएर उनको आँगनमा आउँछन्।

अस्तिपालिको नारा थियो- सिंहदरबारको अधिकार आफ्नै घर आँगनमा।

गाउँसम्म अधिकार आएको सुनेकी छन् उनले, अनुभूति गर्न भने पाएकी छैनन्। पाएकी हुँदी हुन् त ७० वर्षदेखि अँगेनामा ठोस्दै आएको 'गुइँठे जिन्दगी' मा परिवर्तन आउँदो हो!

काठमाडौंदेखि गाउँसम्मका सिंहदरबारले विकास, बिजुली जस्ता कुरा गर्छन्। कहिले चुल्होमै ग्यास आउने बनाउँछौं भन्छन्, कहिले बिजुली चुल्होको कुरा गर्छन्। संसारमा चुल्हो बाल्ने जिनिस र चुल्हो आफैं कति फेरिए भन्ने उनलाई भेउ छैन। पाँच वर्षकी हुँदा बिहे गरेर दुर्गापुर आएकी उनले गुइँठाको धुँवा र गन्धमै खाना पकाएर जीवनका सात दशक बिताइन्।

प्रकाशित मिति: : 2020-09-18 15:49:21

प्रतिकृया दिनुहोस्