टुँडिखेलबाट प्रधानमन्त्रीले देशवासीका नाममा विशेष सम्बोधन गर्दै

प्रधानमन्त्री केपी शर्मा ओलीले शनिबार देशवासीका नाममा विशेष सम्बोधन गर्दैछन् ।

प्रधानमन्त्री ओलीले संविधान दिवस तथा राष्ट्रिय दिवस २०७७ को अवसरमा आज बिहान ९ बजे सैनिक मञ्च टुँडिखेलमा हुने कार्यक्रमलाई सम्बोधन गर्ने कार्यक्रम तय भएको उनका प्रेस सल्लाहकार सूर्य थापाले जानकारी दिएका छन् ।

सम्बोधनमार्फत उनले स्वदेश र विदेशमा रहेका नेपालीलाई शुभकामना दिने थापाले बताए। 

विगतमा अघिल्लो दिन प्रधानमन्त्रीले लिखित शुभकामना दिने क्रमभन्दा पृथक रहने उनको भनाइ छ।

प्रकाशित मिति: : 2020-09-19 08:14:23

प्रतिकृया दिनुहोस्