उल्टो बाटो

प्रेमको बाटो सरल र सभ्य थियो

यसमा अनुभव अनि अनुभूती थियो

कता कता कहाँ कहाँ बाट

सुटुक्क मनमा घृणा रिस पसिदिन्छ

यात्राको बाटो उल्टो हिँडिदिन्छ

विचारको बाटो उल्टो हिँडिदिन्छ।

 

आशाको भर मात्र त थियो

यसैमा जीवनको गती थियो

कता कता कहाँ कहाँ बाट

सुटुक्क मनमा निराशा पसिदिन्छ

यात्राको आशा उल्टो बनिदिन्छ

विचारको बाटो उल्टो हिँडिदिन्छ।।

 

विश्वास थियो आफैं भित्र

गतिशिल थियो जीवन यात्राहरु

कता कता कहाँ कहाँ बाट

सुटुक्क अविश्वास शंका पसिदिन्छ

यात्राको विश्वास उल्टो बनिदिन्छ

विचारको बाटो उल्टो हिँडिदिन्छ ।।।

 

मायाँ थियो जीवन सरल थियो

अनुभव अनि अनुभूती सबैको थियो

कता कता कहाँ कहाँ बाट

सुटुक्क मनमा लोभलालचा पसिदिन्छ

यात्राको बाटो उल्टो हिँडिदिन्छ

विचारको बाटो उल्टो बनिदिन्छ।।।।

 

समानता थियो समदृष्टि थियो

सबैलाई सम्मान गर्ने आधार थियो

कता कता कहाँ कहाँ बाट

सुटुक्क मनमा अहंकार पसिदिन्छ

यात्राको बाटो उल्टो हिँडिदिन्छ

विचारको बाटो उल्टो बनिदिन्छ।।।।।

 

एकता थियो अनि त बल थियो

जीवन जीउनुको आधारस्तम्भ थियो

कता कता कहाँ कहाँ बाट

सुटुक्क मनमा बिभाजन पसिदिन्छ

यात्राको बाटो उल्टो हिडिदिन्छ

विचारको वाटो उल्टो बनिदिन्छ।

प्रकाशित मिति: : 2020-09-19 10:24:22

प्रतिकृया दिनुहोस्