बाँकेमा थप एक कोरोना संक्रमितको मृत्यु

बाँकेमा थप एक कोरोना भाइरस संक्रमितको मृत्यु भएको छ।

नेपालगन्ज उपमहानगरपालिका २१ पुरैनीका ५९ वर्षीय पुरुषको भेरी अस्पतालमा उपचारको क्रममा शनिबार राति ११ः३० बजे मृत्यु भएको हो।

योसँगै बाँकेमा १० जना कोरोना संक्रमितको मृत्यु भएको छ।

जिल्ला स्वास्थ्य कार्यालय, बाँकेका अधिकृत एवं कोरोनाका फोकलपर्सन नरेश श्रेष्ठका अनुसार गत भदौ २० गते साँझ अस्पताल भर्ना भएका उनको २१ गते कोरोना पोजेटिभ रिपोर्ट आएको थियो। 

‘प्लाज्मा थेरापीबाट उपचार गरिएका उनको अवस्था बिग्रिदै गएपछि शनिबारदेखि भेन्टिलेटरको सहायतामा उपचार जारी थियो,’ उनले भने, ‘तर उनलाई बचाउन सकिएन।

उनको दुवैतिरको फोक्सोमा निमोनिया देखिएको श्रेष्ठले बताए।

प्रकाशित मिति: : 2020-09-20 08:54:09

प्रतिकृया दिनुहोस्