निकिशा भर्सेज जेम्स– ट्रान्सजेन्डर महिलाको खिल्ली उडाउँदा तात्दै छ सामाजिक सञ्जाल

देशसञ्चार

काठमाडाैं

काठमाडौँ – विशेष गरी अंग्रेजी भाषाको प्रधानता भएका क्षेत्र र अंग्रेजी भाषासँग पकड राख्नेहरुमाझ अहिले चर्चामा रहेको वृत्तचित्र हो, द सोसल डिलेमा ।

सो वृत्तचित्रमा सामाजिक सञ्जालहरुले प्रयोगकर्तामाथि पार्ने गरेको मनोसामाजिक प्रभावको विषयलाई समेटेको छ । यस्तै सामाजिक सञ्जालका सञ्चालकहरुको स्वार्थ आफ्नो मुनाफासँग मात्रै हुने र प्रयोगकर्ताको हितलाई पूरै बेवास्ता गर्ने गरिएको कुरा सिलिकन भ्यालीका पूर्व कर्मचारीहरु मार्फत प्रस्तुत गरिएको छ सो वृत्तचित्रमा ।

सामाजिक सञ्जालले विशेष गरी किशोर किशोरी तथा सीमान्तकृत वर्गका व्यक्तिहरुको मनोसामाजिक स्वास्थ्यमा गम्भीर असर पर्ने विभिन्न अध्ययनहरुले बारम्बार भन्दै आएका छन् र वृत्तचित्रले सो विषयलाई तथ्यगत रुपमा प्रस्तुत गरेको छ ।

सामाजिक सञ्जालका सम्बन्धमा गम्भीर भएर सोच्नु पर्ने विषयलाई केन्द्रमा राखेर बनाइएको सो नेट्फिलिक्स वृत्तचित्रको चर्चा विश्वभर भइरहँदा नेपालमा सामाजिक सञ्जाल मार्फत भएको दुर्व्यवहार तथा बुलीको विषय केन्द्रमा छ कम्तीमा निश्चित वर्ग र समुदायमा ।

प्रकाशित मिति: : 2020-09-20 11:59:58

प्रतिकृया दिनुहोस्