जुम्लामा अनशनरत डा. गोविन्द केसी आइसियुमा

चिकित्सा शिक्षा सुधारको माग राख्दै जुम्लामा अनशनरत  डा. गोविन्द केसीलाई अहिले त्यहाँको कर्णाली कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानको आइसियुमा राखिएको छ।  

अनशनका क्रममा स्वास्थ्य अवस्था बिग्रिँदै गएपछि उनलाई असोज ३ गते रातिदेखि प्रतिष्ठानको आइसियुमा राखिएको त्यहाँका चिकित्सकले जानकारी दिएका छन्।  

तर उनले स्वास्थ्य जाँच एवं उपचार गर्न पूरै अस्वीकार गरेकाले स्थिति जटिल बनेको त्यहाँका डा. प्रविणकुमार गिरीलगायत चिकित्सकले संयुक्त रूपमा सोमबार दिउँसो विज्ञप्ति जारी गरी उनलाई उपचार गर्न सहज हुने अन्य स्थानमा लान आग्रह गरेका छन्।  

प्रकाशित मिति: : 2020-09-21 14:17:22

प्रतिकृया दिनुहोस्