विराट मेडिकल कलेजमा उपचाररत् एक कोरोना संक्रमित महिलाको मृत्यु

 विराट मेडिकल कलेज, मोरङमा उपचाररत् एक कोरोना संक्रमित महिलाको मृत्यु भएको छ।

ताप्लेजुङ घर भएकी ३७ वर्षीया महिलाको सोमबार विहान पौने ११ बजे मृत्यु भएको जिल्ला जनस्वास्थ्य कार्यालय मोरङका प्रमुख ज्ञानबहादुर बस्नेतले जानकारी दिए।

मृतकमा कलेजो सम्बन्धी समस्या थियो।  महिलामा ३० भदौमा संक्रममण पुष्टि भएपछि विराट मेडिकल कलेजको आइसोलेसनमा भर्ना भएकी थिइन्।

सुरुमा उपचारका लागि नोबेल मेडिकल कलेजमा भर्ना भएकी उनी कोरोना पुष्टि भएपछि विराटमा ल्याइएकी थिइन्।

याेसँगै कोरोना संक्रमणबाट प्रदेश १ मा मृत्यु हुनेको संख्या ५४ पुगेको छ।

प्रकाशित मिति: : 2020-09-21 15:54:14

प्रतिकृया दिनुहोस्