ठगी मुद्दा, कर्तव्य ज्यान मुद्दा र हातहतियार खरखजना मुद्दाका फरारहरुलाई समेत प्रहरीले पक्राउ गरेको छ ।
जिल्ला प्रहरी कार्यालय इलाम तथा मातहत प्रहरी कार्यालयबाट खोजतलासका क्रममा ठगी मुद्दाका इलाम सुर्योदय नगरपालिका–२ का ३२ वर्षीय सन्तोष बस्नेत, हातहतियार खरखजना मुद्दाका इलाम सुर्योदय नगरपालिका–५ का ४४ वर्षीय मोटे देवान भन्ने हर्कबहादुर लिम्बू र कर्तव्य ज्यान मुद्दाका माईजोगमाई गाउँपालिका–२ का विष्णुकुमार राई पक्राउ परेका हुन् ।
बस्नेतलाई दुई वर्ष कैद र रु २० हजार जरिवाना, लिम्बूलाई तीन महिना कैद र पाँच हजार जरिवाना तथा राईलाई पाँच महिना छ दिन कैद र रु २० जरिवाना तोकिएको थियो । पछिल्लो समय जिल्ला प्रहरी कार्यालय इलामले फरार रहेका अभियुक्तहरुलाई खोजीखोजी पक्राउ गरिरहेको छ ।