मकवानपुर प्रहरीले १०४ केजी गाँजासहित ३ जनालाई नियन्त्रणमा लिएको हो।
प्रहरीले मकवानपुरको पश्चिमी क्षेत्रमा अवस्थित मनहरी गाउँपालिका ६ लोथर खोलाको बगरबाट पूर्वपश्चिम राजमार्गतर्फ गाँजा ल्याउँदै गरेको अवस्थामा राक्सिराङ ९ का २६ वर्षीय रुप खड्का, ३० वर्षीय टलकबहादुर घलान र राक्सिराङ ४ का २७ वर्षीय मदन कोइरालालाई पक्राउ गरेको हो।
प्रहरी चौकी सुनाचुरीबाट प्रहरी सहायक निरीक्षक हिरालाल श्रेष्ठको कमाण्डमा खटिएको टोलीले विशेष सूचनाको आधारमा उनीहरुलाई पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ।
गाँजासहित पक्राउ परेकाहरुको विषयमा अनुसन्धान भइरहेको छ।