नेकपा सचिवालय बैठक बालुवाटारमा जारी

प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा सत्तारुढ नेकपा बैठक जारी छ। 

मंगलबार दिउँसो १ बजेपछि सुरु भएको बैठकमा संवैधानिक निकायमा रिक्त रहेका पदमा नियुक्तिलगायतका एजेन्डामा छलफल हुने बताइएको छ।

सोमबार दिउँसो बस्ने तय भएको बैठक दुई अध्यक्षले थप गृहकार्य गर्नुपर्ने भएका भन्दै आज सारिएको थियो।

त्यसअघि आइतबार पेरिसडाँडास्थित नेकपाको जनवर्गीय संगठनको कार्यालयमा बसेको बैठकमा मन्त्रिपरिषद् पुनर्गठनबारे विभिन्न विकल्पमा छलफल भएको थियो।

जारी बैठकमा संवैधानिक राजनीतिक नियुक्तिहरूबारे सरकारबाट निर्णय गर्नका लागि आधार तयार गर्ने, सांगठनिक एकीकरणका बाँकी काम पूरा गर्ने, पार्टी संगठन विभागको निर्णयमा छलफल र अनुमोदनको प्रस्ताव, स्थायी र केन्द्रीय कमिटीको रिक्त रहेको सदस्यहरूको पदपूर्ति र कारबाहीमा परेका नेताहरूको कारबाही फुकुवा, केद्रीय कमिटी सदस्यहरूलाई नियमित रूपमा आर्थिक सहयोग गर्नेलगायतका एजेन्डा तय भएका छन्।

प्रकाशित मिति: : 2020-09-22 13:55:28

प्रतिकृया दिनुहोस्