विकास प्राधिकरण विधेयक पारित

गण्डकी प्रदेश विकास प्राधिकरणको स्थापना र संचालन गर्ने सम्बन्धमा बनेको विधेयक पारित भएको छ। 

गण्डकी प्रदेशसभाको मंगलबार बसेको बैठकमा बहुमतको आधारमा उक्त विधेयक पारित भएको हो।

यसैगरी सोमबारको बैठकमा पेस गरिएका गण्डकी प्रदेश प्रहरी सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक र गण्डकी प्रदेशको खेलकुद विकास गर्ने सम्बन्धमा बनेको विधेयक सैद्धान्तिक छलफलपछि दफावार छलफलका लागि विधायन समितिमा पठाइएको छ।

प्रदेशसभा बैठकमा सांसदले दुइटा विधेयमाथि सैद्धान्तिक छलफल गरेका थिए।

प्रकाशित मिति: : 2020-09-22 18:18:54

प्रतिकृया दिनुहोस्