सुनको भाउ आज पनि १२ सयले ओरालो लाग्यो

नेपाली बजारमा बुधबार बहुमूल्य पहेँलो धातु सुनको भाउमा १ हजार २ सय रुपैयाँले घटेको छ। 

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज बुधबार छापावाल सुनको भाउ तोलाको ९४ हजार ३ सय रुपैयाँ कायम भएको छ। 

सुनको भाउ मंगलबार १ हजार ७ सय रुपैयाँले ओरालो लाग्दा ९५ हजार ५ सयमा किनबेच भएको थियो। छापावाल सुन सोमबार ९७ हजार २ सय र आइतबार ९७ हजार रुपैयाँमा कारोबार भएको थियो। 

आज बुधबार तेजावी सुनको भाउ ९३ हजार ८ सय रुपैयाँ कायम भएको छ। 

तेजाबी सुन मंगलबार ९५ हजार, सोमबार ९६ हजार ७ सय र आइतबार ९६ हजार ५ सय रुपैयाँमा किनबेच भएको थियो। 

चाँदीको भाउ बुधबार ४० रुपैयाँले घटेको छ। महासंघका अनुसार बुधबार चाँदीको भाउ तोलाको १ हजार १ सय ९० रुपैयाँ कायम भएको छ। 

मंगलबार चाँदीको भाउ ९० रुपैयाँले घटेर १ हजार २ सय ३० रुपैयाँमा किनबेच भएको थियो। 

चाँदी आइतबार र सोमबार क्रमशः १ हजार ३ सय १५ र १ हजार ३ सय २० रुपैयाँमा किनबेच भएको थियो।

प्रकाशित मिति: : 2020-09-23 11:45:49

प्रतिकृया दिनुहोस्