सुनको भाउ आज पनि १२ सयले ओरालो लाग्यो, तोलाको ९३,१०० मा कारोबार

नेपाली बजारमा बिहिबार बहुमूल्य पहेँलो धातु सुनको भाउमा १ हजार २ सय रुपैयाँले घटेको छ। 

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज बिहिबार छापावाल सुनको भाउ तोलाको ९३ हजार १ सय रुपैयाँ कायम भएको छ। 

सुनको भाउ बुधबार १२सय रूपयाँले ओरालो लाग्दा ९४ हजार ३ सय रूपैयाँमा कारोबार भएको थियो। यस्तै मंगलबार १ हजार ७ सय रुपैयाँले ओरालो लाग्दा ९५ हजार ५ सयमा किनबेच भएको थियो। छापावाल सुन सोमबार ९७ हजार २ सय र आइतबार ९७ हजार रुपैयाँमा कारोबार भएको थियो। 

आज बिहिबा तेजावी सुनको भाउ ९२ हजार ६ सय रुपैयाँ कायम भएको छ। 

चाँदीको भाउ बिहिबार ७० रुपैयाँले घटेको छ। महासंघका अनुसार बिहिबार चाँदीको भाउ तोलाको १ हजार १ सय २० रूपैयाँ भएको छ।

बुधबाबार चाँदीको १ हजार १ सय ९० रुपैयाँमा किनबेच भएको थियो। 

प्रकाशित मिति: : 2020-09-24 11:56:16

प्रतिकृया दिनुहोस्