‘कानुन नहुँदा डेरावालको बिचल्ली छ’

केही महिनाअघि काठमाडौं बौद्धमा घरबेटीले प्रहरी लगाएर जबर्जस्ती एक डेरावाललाई घरबाट निकाले। 

एकैछिनमा उनलाई डेराविहीन बनाइयो। अघिल्लो सातामात्रै कीर्तिपुरमा घरबेटीले डेरावाल शम्भु चौधरीलाई कुटेरै हत्या गरे। 

अहिले यस्ता थुप्रै घटना बाहिरिरहेका छन्। कोरोना भाइरस महामारीमा आर्थिक समस्याले गर्दा घरबेटी र डेरावालबीच मनमुटाव, तनाव, असन्तुष्टि, विभेद, थिचोमिचो र द्वन्द्व चलिरहेको छ।

कोरोना भाइरसले घरधनी र डेरावालबीचको उतारचढाव र  यर्थाथ बाहिर ल्याएको छ वा घरधनी र डेरावालबीचको मतभेद र दुरी प्रष्ट्याएको छ।

घरबेटी र डेरावालबीच देखिएका यस्ता विवाद, तनाव र थिचोमिचोबारे आयोमेलका अंगदबहादुर सिंहले घरबहाल सरोकार महासंघ नेपालका केन्द्रीय अध्यक्ष तथा अधिवक्ता बलभद्र खनालसँग गरेको कुराकानी- 

नेपालमा घरबहालको अवस्था कस्तो छ? कति नेपाली बहालमा बस्छन्?

नेपालको कूल जनसंख्याको ६७ प्रतिशत जनसंख्या बहालमा बस्छन्। एक ठाउँको घरधनी अर्को ठाउँमा भाडावाल हुन्छ। पेसा, व्यवसाय, रोजगारी, उद्योग, कलकारखानालगायतमा काम गर्ने कामदार, सर्वसाधारण एक ठाउँबाट अर्को ठाउँमा जानुपर्ने हुन्छ। देशभर ६७ प्रतिशत जनसंख्या बहालमा बसेर पेसा–व्यवसाय सञ्चालन गर्दै आएका छन्। भाडावाल नभए घरधनीलाई समेत गाह्रो हुन्छ। अधिकांश घरधनीको आर्थिक गुजारा घरबहालबाटै चल्ने गरेको छ। घरबहालसम्बन्धी नेपाल सरकारले कुनै छुट्टै मापदण्ड तोकेको छैन। घरबहाल अहिलेसम्म आफ्नै सुरताल र घरधनीको इच्छाअनुसार चलेको छ। सरकारले घरबहालसम्बन्धी कानुन बनाइ व्यवस्थित र मर्यादित बनाउनुपर्छ।

प्रकाशित मिति: : 2020-09-24 16:17:46

प्रतिकृया दिनुहोस्