आज पनि दिनभर पानी परिरहने अनुमान

विगत केही दिनदेखि परिरहेको झरी शुक्रबार पनि कायमै रहने भएको छ।

हाल देशभर सामान्य बदली रही प्रदेश १ प्रदेश २ बागमती प्रदेश, गण्डकी प्रदेश र प्रदेश ५ का केही स्थानहरुमा हल्का वर्षा भइरहेको छ।

देशभर शुक्रबार दिउँसो पनि सामान्यदेखि अधिकांश बदली रही केही स्थानहरूमा मेघगर्जन/चट्याङ्ग सहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ।

प्रदेश १ र प्रदेश २ का थोरै स्थान तथा बागमती प्रदेश र गण्डकी प्रदेशको एक दुइ स्थानमा भारी वर्षाको सम्भावना रहेको मौसमविद्ले जनाएका छन्। 

शुक्रबार राति पनि देशभर सामान्यदेखि अधिकांश बदली रही केही स्थानहरूमा मेघगर्जन र चट्याङ्सहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ।

प्रदेश १, प्रदेश २ र बागमती प्रदेशका थोरै स्थान भारी वर्षाको समेत सम्भावना रहेको छ।

प्रकाशित मिति: : 2020-09-25 06:27:34

प्रतिकृया दिनुहोस्