दार्चुलामा एक प्रहरी नायब निरीक्षक (सई) होटलमा मृत फेला परेका छन्। शुक्रबार बिहान करिब ४ बजे महाकाली नगरपालिका-४ बंगाबगडको एक होटलमा सई ध्रुव रावल मृत फेला परेका हुन्।
इलाका प्रहरी कार्यालय, हुतीको लागि सरूवा भएका कैलाली टीकापुरका अन्दाजी ४० वर्षीय रावल राति होटलमा बास बसेको कार्यालयका प्रवक्ता प्रहरी निरीक्षक सुरेन्द्रप्रसाद जोशीले जानकारी दिए।
जोशीका अनुसार सरूवा भएर हुति जाँदै गरेका उनी राति होटलमा बास बसेको बेला बिहानपख बाथरूम बाहिर लडेको अवस्थामा भेटिएका थिए। उनलाई तत्काल जिल्ला अस्पताल दार्चुला पुर्याइए पनि त्यहाँ पुग्दा डाक्टहरूले मृत घोषणा गरेका थिए।
दार्चुलाका प्रमुख प्रहरी नायब उपरीक्षक पदमबहादुर बिष्टका प्रेसरका बिरामीसमेत रहेका उनको नाक र मुखबाट रगत बगेको थियो।